डाेटी : नगरप्रमुखको श्वास प्रश्वासमा समस्या, उपचारका लागि काठमाण्डौ लगियो

 जेठ ३०, २०७७ शुक्रबार ११:३७:२३ | विमल बिष्ट
unn.prixa.net

डोटी - डोटीको दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख मञ्जु मलासीको श्वास प्रश्वासमा समस्या देखिएपछि काठमाण्डौ लगिएको छ । 

उहाँलाई शुक्रबार बिहान नेपाली सेनाको (स्काइ ट्रक) मार्फत उपचारका लागि काठमाण्डौ लगिएको हो । घर फर्केकाहरुका लागि क्वरेन्टीन व्यवस्थापनमा खटिँदै आएकी नगरप्रमुख मलासीमा एक हप्ता अधिदेखि श्वास प्रश्वासमा समस्या आएको उहाँका परिवारजनले जनाएका छन् ।

केही दिनअघि स्वास्थ्यमा समस्या आएपछि धनगढीमा उपचार गरी डाक्टरको सल्लाह अनुसार घरमा आराम गरिरहनुभएकी नगर प्रमुख मलासीलाई बिहीबार राति एकाएक श्वास प्रश्वासमा निकै समस्या आएपछि काठमाण्डौ लगिएको उहाँका स्वकीय सचिव रविन्द्र जोशीले बताउनुभयो । 

श्वास प्रश्वासमा समस्या आएपछि केही दिन पहिले उहाँलाई कैलालीमा रहेको निसर्ग अस्पतालमा उपचार गरेर ल्याइएको थियो । नगरप्रमुख मलासी लामो समयदेखि प्रेसरको औषधी सेवन गर्दै आउनु भएको उहाँका श्रीमान कृष्ण मलासीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया