सरकारविरोधी प्रदर्शनमा सहभागी ४ जना विदेशी पक्राउ

 जेठ ३१, २०७७ शनिबार ११:२४:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारविरोधी प्रदर्शनमा सहभागी भएका ४ जना विदेशी पक्राउ परेका छन् ।

माइतीघरमा भइरहेको प्रदर्शनमा पुगेका ४ जना विदेशी नागरिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सरकारले आन्दोलन नगर्न र आन्दोलन गरेमा सङ्क्रामक रोग ऐन अनुसार कारबाही गर्ने चेतावनी दिए पनि युवाहरुले आन्दोलन जारी राखेका छन् ।

सरकारले कोरोना नियन्त्रणमा ध्यान नदिएको,  भ्रष्टाचार मौलाएको लगायतका आरोप लगाउँदै केही दिनयता युवाहरुले देशव्यापी आन्दोलन गर्दै आएका छन् ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया