डोटीमा मिनिट्रक दुर्घटना, दुई जनाको ज्यान गयो

 असार १, २०७७ सोमबार २१:३३:१३ | विमल बिष्ट
unn.prixa.net

डोटी – डोटीको बडीकेदार गाउँपालिकामा मिनिट्रक दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा ४० वर्षीय डबल पुन मगर र उहाँका १३ वर्षीय छोरा धिरज पुन मगरको ज्यान गएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी ईन्द्रबहादुर मल्लले बडीकेदार गाउँपालिकाका ३ सुनालेकमा से १ ख १२६२ नम्बरको मिनिट्रक दुर्घटना भएको जानकारी दिनुभएकाे हाे ।

मिनिट्रकका चालक श्यामलाल चौधरी भने फरार रहेको र उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय वीपी नगरले जनाएको छ । डोटीकै घागलबाट धनगढी जाँदै गरेको मिनिट्रक सोमबार साँझ सुनालेक नजिक दुर्घटना भएको हो । पानी परेर बाटो चिप्लो भएका कारण गाडी दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।

 दुर्घटना भएको ट्रक सडकबाट एक सय मिटर तल खाेलामा खसेको इलाका प्रहरी कार्यालय वीपी नगरका प्रमुख लालबहादुर ऐरले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया