दाङमा कोरोना सङ्क्रमितको सङ्ख्या बढदै : कन्टयाक्ट ट्रेसिङको काम सुरु

 असार ४, २०७७ बिहीबार ८:२७:३० | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङ जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढदै गएपछि सम्बन्धित स्थान सिल गर्दै कन्टयाक्ट ट्रेसिङको काम थालिएको छ ।

दाङमा पछिल्लो चार दिन दिनमा एक सय ५५ जना कोरोना सङ्क्रमित थपिएपछि कन्याक्ट ट्रेसिङको काम थालिएको हो । घोराही उपमहानगरपालिकाको वडा नम्बर ३ को वडा कार्यालय, वडा नम्बर ४ को स्वास्थ्य कार्यालय र वडा नम्बर २ को शहरी स्वास्थ्य क्लिनिक सिल गरिएको उपमहानगरले जनाएको छ ।

स्वास्थ्यकर्मीहरु कोरोनाबाट सङ्क्रमित भएको भेटिएपछि उनीहरु कार्यरत र आउजाउ गरेका तीन वटा कार्यालय सिल गरिएको हो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अन्य रोगको उपचारका लागि आएका एक जनामा कोरोना पोजेटिभ भेटिएपछि उनकाे उपचारमा संलग्न निर्देशकसहित २१ जना स्वास्थ्यकर्मीलाइ होम क्वरेन्टीनमा राखिएको छ । घोराहीकै वडा नम्बर १७ ले पीसीआर रिपाेर्ट नआउँदै घर पठाएका १७ जनामा चार दिनपछि पोजेटिभ भएको रिपाेर्ट आयो ।

यस बीचमा सङ्क्रमितहरुले भेटघाट गरेकाहरुको ट्रेसिङ गर्ने कार्य भैरहेको प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले बताउनु भयो ।

बुधबार दिउँसोसम्मको रिपाेर्ट अनुसार जिल्लाका कुल २ सय ५१ सङ्क्रमितमध्ये सबैभन्दा बढी १ सय २९ जना घोराही उपमहनगरपालिकाका रहेका छन् । जिल्लाका सङ्क्रमितमध्ये दुई जना जनप्रतिनिधि, ६ जना स्वास्थ्यकर्मी, एक जना स्वयंसेवक, एक जना सैनिक, एक जना भान्सेसहित अन्य  भारतबाट आएर क्वरेन्टीनमा बसेका हुन् ।

अन्तिम अपडेट: मंसिर ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया