दाङमा लागुऔषधसहित तीन जना पक्राउ

 असार ४, २०७७ बिहिबार १७:५०:५३ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । दाङ प्रहरीले राप्ती गाउँपालिका र तुलसीपुरमा गरी तीन जनालाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय भालुबाङले गाडी जाँच गर्ने क्रममा त्यही ठाउँका राजकुमार पुनलाई पक्राउ गरेको हो । पुनको झोलामा अफिम जस्तो देखिने कालो लागुपदार्थ पाँच किलो दुई सय ५० ग्राम प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यस्तै तुलसीपुरबाट थप दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले तुलसीपुर १८ दुधरासमा गाडी जाँचका क्रममा तुलसीपुर १ का लोकबहादुर थापा र घोराही १५ की सरिता परियारलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले उनीहरुबाट ३३ हजार रुपैयाँ पनि बरामद गरेको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया