खाेटाङ : सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

 असार ४, २०७७ बिहिबार २०:५५:२५ | दमन राई
unn.prixa.net

खोटाङ – खोटाङकी एक सुत्केरी महिलाकाे हेलिकप्टरमार्फत उद्धार गरेर काठमाण्डौ पठाइएको छ । 

बच्चा सकुशल जन्मिए पनि सालनाल अड्किँदा सुत्केरीकाे ज्यान जोखिममा परेपछि जन्तेढुङ्गा गाउँपालिका ६ दिप्लुङ केराबारीकी २१ वर्षीया तारा राईलाई बिहीबार हेलिकप्टरमार्फत प्रसूति गृह थापाथली पठाइएको खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताउनुभयो । 

लकडाउनकाे बेला सुत्केरी हुनुभएकी राईलाई महिला, बालबालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टरबाट काठमाण्डौ पठाइएको हो ।

सुत्केरी गराउन स्वास्थ्य चौकी खोटाङ बजार पुग्नुभएकी उहाँले बुधबार राति १ बजे छोरीलाई जन्म दिनुभएकाे थियाे । तर सालनाल अड्किएपछि उहाँकाे उद्धार गरिएकाे हाे । उहाँलाई बिहीबार बिहानदेखि नै काठमाण्डौ पठाउने तयारी गरिए पनि प्रतिकूल मौसमकाे कारण दिउँसो ३ बजे मात्र उपचारकाे लागि काठमाण्डौ पठाइएको हाे ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दमन राई

खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया