गण्डकी प्रदेशमा थप ५८ जनामा कोरोना सङ्क्रमण

 असार ६, २०७७ शनिबार ७:६:४३ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा - गण्डकी प्रदेशमा थप ५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशमा ५८ जनामा सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको संख्या ४ सय ३८ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । नयाँ थपिनेमा १९ महिनाकी बालिका, १ महिला र अरु पुरुष रहेका छन् । तनहुँमा २५ जना थपिएका छन् ।

नवलपुरका १६ जना, गोरखाका ५ जना, म्याग्दीका १ जना, कास्कीमा १ बालिका सहित २ जना, स्याङजाका १ जना र बाग्लुङका ८ जना रहेका गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता बिनोदबिन्दु शर्माले जानकारी दिनुभयो । गण्डकी प्रदेशका कोरोना सङ्क्रमितमध्ये ३४ जना निको भएर घर फर्किएका छन् ।
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया