कोरोना सङ्क्रमित बढ्दै गएपछि सुदूरपश्चिमका पालिकाहरू धमाधम सिल

 असार ८, २०७७ सोमबार १५:१४:४० | सीताराम ओझा
unn.prixa.net

कैलाली – कोरोना सङ्क्रमित बढ्दै गएपछि सुदूरपश्चिम प्रदेशका पालिकाहरू सिल हुन थालेका छन् । 

बैतडीको पाटन नगरपालिकाभित्र अत्यावश्यक सेवाबाहेक सम्पूर्ण बजार र व्यवसाय एक हप्ताका लागि सिल गरिएको नगर प्रमुख केशव चन्दले बताउनुभयाे । याे १५ असारसम्म कायम रहने र कसैले अवज्ञा गरेको पाइए पहिलो पटकलाई पाँच हजार रुपैयाँ जरिबाना गरिने उहाँले जानकारी दिनुभयाे ।  

यस्तै दोस्रो पटक अवज्ञा गरेको पाइए १० हजार रुपैयाँ जरिबाना र तेस्रो पटक पनि अटेर गरेको पाइए प्रचलित कानुन अनुसार कारबाही गरिने उहाँले बताउनुभयाे ।

यस्तै डडेल्धुराको परशुराम नगरपालिका क्षेत्र पनि आइतबारदेखि सिल गरिएको छ । 

७ देखि ११ असारसम्म अत्यावश्यक सेवाबाहेक नगरपालिका क्षेत्रका सम्पूर्ण बजार सिल गरिएको नगर प्रमुख भीमबहादुर साउदले बताउनुभयाे । केही दिनअघि डडेल्धुराको गन्यापधुरा गाउँपालिका, डडेलधुरा बजार क्षेत्र पनि सिल भइसकेको छ ।

कैलालीको गोदावरी नगरपालिकाको अत्तरिया बजार क्षेत्र पनि सिल भएकाे छ । त्यस्तै कैलालीको गौरीगङ्गा नगरपालिका पनि अर्को सूचना जारी नहुञ्जेलसम्मकाे लागि सिल गरिएको छ ।कोरोना रिपोर्ट ढिलो आउने र सङ्क्रमित व्यक्ति बजार–बजार डुल्ने क्रम नरोकिएपछि पालिकाहरू सिल गरिएका हुन् । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया