काठमाण्डौका केही ठाउँमा आज ५ घण्टा बत्ती जाने

 असार ९, २०७७ मंगलबार ७:५:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – काठमाण्डौका केही ठाउँमा आज केही घण्टा बत्ती जाने भएको छ ।

महाराजगञ्ज वितरण केन्द्रको गणेशस्थान फिडरबाट वितरित लाइन बूढानीलकण्ठ नगरपालिका २ गणेश चोकको जीर्ण लाइनको पोल परिवर्तन गर्नुपर्ने भएकोले बत्ती जाने भएको हो ।

दिउँसो १२ बजेदेखि बेलुकी ५ बजेसम्म बत्ती जाने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । जस अनुसार घुम्ती, धापासी, च्यासिन्टोल, हात्तीगौडा, बालुवाडीपो, हेपालीलगायतका क्षेत्रहरुमा बत्ती जाने भएको हो ।

तोकिएको समयभन्दा अघि नै काम सकिए चाँडै नै बत्ती आउने पनि प्राधिकरणले जनाएको छ ।

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया