सुनकाे भाउ अहिलेसम्मकै महँगाे

 असार १४, २०७७ आइतबार १४:४०:५२ | रासस
unn.prixa.net

काठमाण्डाै – कोरोना महामारीकाे कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनको मूल्य स्थानीय बजारमा आइतबार अप्रत्याशित रुपमा बढेको छ ।

आज बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार तीन सय रुपैयाँ कायम भएको छ भने त्यही परिमाणको तेजाबी सुनको मूल्य ९० हजार आठ सय ६० निर्धारण गरिएको छ । यसअघि शुक्रबार छापावाल सुनकाे मूल्य प्रतिताेला ९१ हजार एक सय रुपैयाँ कायम भएकाे थियाे ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो हप्ताकाे तुलनामा चाँदीको मूल्यमा पाँच रुपैयाँले वृद्धि भएको छ । एक तोला चाँदीको मूल्य नाै सय ४५ रुपैयाँ तोकिएको छ । कोभिड–१९ को सङ्क्रमण रोक्न लकडाउन लागू गरिएयता जेठ २५ गते एक तोला सुनको मूल्य १० हजार चार सयले बढेर ८७ हजार रुपैयाँ पुगेको थियो । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया