मणिपाल खुलाउन मुख्यमन्त्री गुरुङको निर्देशन

 जेठ १४, २०७५ सोमबार २०:२७:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की, जेठ १४ – मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मणिपाल शिक्षण अस्पताल चाँडो भन्दा चाँडो खुलाउन निर्देशन दिनुभएको छ ।

अस्पताल खुलाउनका लागि दवाब दिन गएको नागरिक समाजको सञ्जाल कास्कीको टोलीसँगको छलफलका क्रममा मुख्यमन्त्रीले अस्पतालजस्तो अत्यावश्यक सेवामा बन्द हड्ताल सह्य नहुने भन्दै हस्तक्षेप गरेर भएपनि अस्पताल खोल्न सामाजिक विकास मन्त्री नरदेवी पुनलाई निर्देशन दिनुभएको हो ।

सामाजिक विकास मन्त्री नरदेवी पुनले भने मंगलबार पूर्वाह्न ९ बजे अन्तिम छलफल गरेर अस्पताल खोल्न निर्देशन दिने बताउनुभयो । आफूले यसअघी नै अस्पताल खोल्न अस्पताल प्रशासन र आन्दोलनरत कर्मचारी पक्षलाई आग्रह गरेपनि अटेर गरेकाले मंगलबार पुनः छलफल गरेर अस्पताल खोल्न निर्देशन दिने बताउनुभयो । 

अस्पताल प्रशासनले फार्मेसीमा अनियमितता र अस्पतालको गोपनियता भंग गरेको भन्दै ४ जना कर्मचारी निश्कासन गरेपछि अस्पतालमा रहेका ३ वटा टे«ड युनियनहरुको आह्वानमा मनिपाल शिक्षण अस्पताल सोमबारदेखी बन्द छ । आकस्मिकबाहेक अन्य सेवा ठप्प छ ।

यसअघीका वार्तामा कर्मचारी पक्षले निश्कासित कर्मचारी पुर्नबहाली गर्नैपर्ने अडान राखेको छ । तर अस्पताल प्रशासन भने निश्कासित कर्मचारी कुनैपनि हालतमा पुर्नबहाली गर्ने पक्षमा छैन । उसले अदालतको आदेश आएमात्र पुर्नबहाली गर्ने बताउँदै आएको छ ।

कर्मचारी भने अदालतको आदेश भन्दा पनि आन्तरिक रुपमै सहमति गर्नुपर्ने भन्दै दवाव दिइरहेको छ ।

अन्तिम अपडेट: चैत ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया