बझाङ पहिराे अपडेट : एकै परिवारका तीनसहित चार जनाको शव भेटियो

 असार २०, २०७७ शनिबार १२:५८:४९ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – केदारस्युँ गाउँपालिका ८ मल्लेखीमा पहिरोमा परि बेपत्ता भएकामध्ये चार जनाको शव भेटिएको छ । शव भेटिनेमा ४६ वर्षीया राममति देवी जेठारा, उनका ११ वर्षीय छोरा प्रयाग जेठारा र सात वर्षीया छोरी अस्मिता जेठारा रहेका छन् ।  

त्यस्तै स्थानीय ८० वर्षीय दले जेठाराको पनि शव भेटिएकाे छ । पहिरोमा परि गिरिजा जेठारा, शान्ति जेठारा र शन्तु जेठारा बेपत्ता भएका छन् । एकैघरका चार जना बेपत्ता भएकोमा तीन जनाको शव फेला परेको गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर भण्डारीले जानकारी दिनुभयो । 

यसअघि वडा ८ का वडाध्यक्ष गणेश बोहराले पहिरोले पुरेका १७ घरका सात जना बेपत्ता भएको जानकारीमा आएको बताउनुभएको थियो । शुक्रबार राति पहिरो आएपछि स्थानीयहरु सुरक्षित ठाउँतर्फ गएको पनि वडाध्यक्ष भण्डारीले बताउनुभयो । 

स्थानीयबासिन्दाले पनि १७ घर पुरिएको बताएका छन् । पानी पर्न कम भए पनि पहिरो खसेको ठाउँमा नेटवर्कले राम्रोसँग काम नगरेकाले थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ । 

घटनास्थलसम्म पुग्न जयपृथ्वी राजमार्गअन्तर्गत झोता भन्ने ठाउँबाट गाडीमा झण्डै पाँच घण्टा लाग्छ । तर जयपृथ्वी राजमार्गको कचाली खोलमा पहिरो गएकाले जिल्लाबाट थप टोली उद्धारमा जान सकेको छैन । अहिले बाटो खुलाउने प्रयास भइरहेको छ । 

अन्तिम अपडेट: फागुन २८, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया