‘अञ्जिला’ को मुनाफाबाट कप्तान सुब्बाको घर बनाइने
चैत ४, २०८१ सोमबार
सप्तरी, जेठ १४ – सप्तरीमा रहेको सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट पातोले अवैध सामान पक्राउ गरी भन्सार कार्यालयमा बुझाएको छ ।
आउट पोस्ट कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक शैलेन्द्र थापाका अनुसार भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरिएको भारतीय मोटरसाइकलसहितको विभिन्न किराना सामान तथा नेपालबाट अवैध रुपमा भारततर्फ लैजाँदै गरेको रक्सीसहितको टायर गाढा इलाका प्रहरी कार्यालय समेतको सहयोगमा पक्राउ गरी राजविराज भन्सार कार्यालयमा बुझाइएको हो ।
भारतको बिहारमा रक्सी प्रतिबन्ध भएपछि नेपालबाट लुकाएर लैजाने तथा भारतबाट अवैध सामान ल्याउने कार्य रोक्नको लागि तीव्र रुपमा कारबाही प्रक्रिया अगाडि बढाइएको निरीक्षक थापाले बताए ।
भन्सार बुझाइएको सामानको मूल्य १ लाख १७ हजार २ सय कायम भएको छ । अहिले सम्म झण्डै २४ लाख रुपैयाँ बराबरको अवैध मालसामान तथा २ जना व्यक्तिलाई समेत पक्राउ गरेर भन्सार कार्यालयमा बुझाइएको समेत उनले बताए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।