नागरिक लगानी कोष र चन्द्रागिरि हिल्सबीच शेयर निष्कासन सम्झौता

 असार २१, २०७७ आइतबार १५:५३:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नागरिक लगानी कोष र चन्द्रागिरि हिल्स लिमिटेडबीच स्थानीय बासिन्दा एवं सर्वसाधारणमा शेयर निष्कासन र प्रत्याभूति नियुक्ति गर्नेसम्बन्धी सम्झौता भएको छ । लगानी काेष र हिल्स लिमिटेडबीच आइतबार सम्झाैता भएकाे हाे ।  

चन्द्रागिरि हिल्सको १८ लाख ४० हजार नाै सय १० कित्ता शेयरको १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको शेयर प्रत्याभूति गर्ने सम्झौता भएको हो । 

प्रत्याभूतिमा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र चन्द्रागिरि हिल्सको तर्फबाट कम्पनीका महाप्रबन्धक अभिषेक विक्रम शाहले हस्ताक्षर गर्नुभएको छ ।  

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया