आप्रवासी श्रमिकको सङ्ख्या घटाउँदै कुवेत, दक्ष श्रमिकलाई प्राथमिकता दिने

 असार २२, २०७७ सोमबार १९:५४:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कुवेतले आप्रवासी श्रमिकको सङ्ख्या घटाउने नीति लिने भएको छ ।

बसोबासको नियम परिवर्तन गर्दै कुवेतले अबको केही महिनामा अदक्ष आप्रवासी श्रमिकको सङ्ख्या घटाउने कुवेत टाइम्सले उल्लेख गरेको छ । कुवेतमा अहिले रहेका प्रवासी श्रमिकमध्ये धेरैजसो अदक्ष र थोरै मात्र पढ्न लेख्न जान्ने भएको र आफ्नो प्राथमिकता अदक्षभन्दा पनि दक्ष आप्रवासी श्रमिक भएको कुवेतले बताएको छ ।

कुवेतले नयाँ बनाउन लागेको कानुनले दक्ष आप्रवासी श्रमिकको भर्तीलाई प्राथमिकता दिनेछ भने कम्पनीले वार्षिक रुपमा भर्ती गर्ने आप्रवासी श्रमिकको सङ्ख्यामा पनि केही बन्देज लगाउने छ । एक महिनाअघि कुवेतका प्रधानमन्त्रीले आप्रवासीको सङ्ख्या ७० प्रतिशतबाट ३० प्रतिशतमा झार्ने बताएका थिए ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया