कोरोना महामारीकै बीच पर्यटकका लागि खुल्यो यूएई, यी नियम अनिवार्य

 असार २३, २०७७ मंगलबार १४:१४:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कोरोनाभाइरसको महामारीकै यूएई पर्यटकका लागि मंगलबारदेखि खुलेको छ । 

यूएईले पर्यटक आवागमनको अनिश्चितता र कोरोनाभाइरससँग अझै धेरै देशहरु जुधिरहेको अवस्थामा पनि ठूला सपिङ मल र पर्यटकीय गन्तव्यहरु खुला गरेको हो । पछिल्लो समय दुबईको मुख्य आम्दानीको स्रोत पर्यटन पनि हो । दुबईले पहिलो पर्यटक यूएईमा आइपुगेको भिडियो पनि मंगलबार सार्वजनिक गरेको छ । कोरोना महामारी सुरु भएपछि गएको मार्च २६ देखि यूएईका बिमानस्थल बन्द थिए । 

यूएईका ठुल्ठूला सपिङ मलमा फ्रान्सेली फुटबल टिमका जर्सीदेखि अनेक सामानको किनबेच हुन थालेको छ । पर्यटक आवागमनको अनिश्चितता र कोरोनाभाइरससँग अझै धेरै मुलुकहरु जुधिरहेको अवस्थामा यूएईका ठूला सपिङ मल र पर्यटकीय गन्तव्यहरु खुला गरिएका छन् । 

दुबई सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्न यूएई सरकाले प्रयास थालिसकेको छ । नजिकिँदै गएको हिउँदे महिनामा पर्यटकलाई आमन्त्रण गर्न यूएईले तयारी थालिसकेको छ । मास्क र स्यानिटाइजरको प्रयोग अनिवार्य गरिएको यूएईएमा थर्मोमिटरबाट प्रत्येक आगन्तुकको शरीरको तापक्रम नाप्ने व्यवस्था गरिएको छ । 

दुबई घुम्न आउने पर्यटकहरुको औसत बसाई साढे तीन दिन रहे पनि पर्यटकका कारण यूएईका रेस्टुराँ, बार र रात्रिजीवन निकै खचाखच हुने गर्दछ । तर यूएईमा कोरोनाको जोखिम भने अहिले पनि उत्तिकै छ । यूएई नेपाली श्रमिकको रोजगारीको मुख्य श्रम गन्तव्य पनि हो । यूएईमा साढे दुईदेखि तीन लाखको हाराहारीमा नेपालीहरु कार्यरत छन् । 

 यी नियम अनिवार्य 

यूएई जानेले उड्नुअघि कोभिड–१९ को परीक्षण गरेको हुनु पर्नेछ ।

अन्यथा, परीक्षण नगरेको अवस्थामा आगमनमै उनीहरुको परीक्षण गरिने तथा स्वास्थ्य प्रतिवेदन प्राप्त नहुँदासम्म आइसोलेसनमा बस्नु पर्नेछ । 

यूएई घुम्न जानेको कोभिड–१९ समेटिएको स्वास्थ्य बिमा अनिवार्य रुपमा गरेको हुनुपर्ने व्यवस्था पनि गरिएको छ ।

स्वास्थ्यको स्वघोषणाको फारम पनि भर्न पर्नेछ । 

पर्यटकले कोरोना भाइरससँग सम्बन्धित डीएक्सबी एप डाउनलोड गर्न पर्छ । त्यसमा आफ्नो विवरणहरु भर्न पर्छ । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया