भोलिदेखि मनसुन थप सक्रिय हुने, बाढी पहिरोको जोखिम

 असार २४, २०७७ बुधबार ७:३०:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै  –  भोलिदेखि मनसुन थप सक्रिय हुने भएकाले बाढीपहिरोको जोखिम बढ्ने मौसम पूर्वानुमान महासाखाले जनाएको छ ।

मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहने भएकाले भोलि रातीदेखि  मनसुन थप सक्रिय भइ बाढीपहिरोको जोखिम बढ्ने सम्भावना रहेको वरिष्ठ मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । मनसुन सक्रिय भएसँगै देशका धेरैजसो ठाउँमा  लगातार पानी पर्नुका साथै तराई र पहाडका केही भूभागमा ठूलो पानी पर्ने उहाँले बताउनुभयो ।

तराईका भूभागमा पानीको बहाव बढ्ने र पहाडमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । त्यस्तै बाढी पूर्वानुमान महाशाखाले प्रदेश १ र २ का तराईका भूभागमा बाढीको जोखिम बढी हुने जनाएको छ । ती क्षेत्रमा पूर्वतयारीमा जुट्न सबैमा आग्रह गरिएको छ । 

यसैबीच आज पनि देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विशेषगरी आज दिउँसो प्रदेश २, ५ र सुदूरपश्चिम प्रदेशमा मेग गर्जनसहित हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको महाशाखाकी मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो ।

अहिले मेघगर्जनसहित पानी परिरहेको धनुषा, सिरहा, सप्तरी, मोरङ लगायतका ठाउँमा दिउँसो पानी पर्न रोकिने र राती फेरि पानी पर्ने सम्भावना छ । दिउँसो पानी पर्न रोकिए पनि यी ठाउँमा दिनभर घाम लाग्ने सम्भावना भने छैन । राति प्रदेश १, २ वाग्मती, प्रदेश ५ र सुदूपश्चिम प्रदेशमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसमविद् बासीले बताउनुभयो ।

अन्तिम अपडेट: माघ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया