बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै – नेपाल भित्रिएको सलह कीरा अब सक्रिय हुने सम्भावना टरेको छ ।
केही दिनयता सलहको झुण्ड कतै नदेखिएको, मरेका सलह भेटिएको र निरन्तर पानी परिरहेकोले सलह अब सक्रिय हुने सम्भावना सकिएको प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईंले जानकारी दिनुभयो ।
बाग्लुङको ढोरपाटन क्षेत्रमा धेरै संख्यामा सलह मरेको पाइएको उहाँले बताउनुभयो । यस्तै कालिकोट, रुकुम, मुस्ताङलगायतका ठाउँमा झुण्ड पुगे पनि चिसो हावापानीको कारण आफै मरेका हुन सक्ने उहाँको भनाइ छ ।
नेपाल भित्रिएका झण्डै ८० लाख सलह कीरा स–साना झुण्डमा बाँडिएर देशका ५५ वटा जिल्लामा पुगेका थिए । सलहले दाङ, प्युठान, मकवानपुर, अर्घाखाँची र पाल्पामा बढी क्षति पुर्याएको प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ ।
यसैबीच भारतमा रहेको अरु झुण्ड नेपाल आउने सम्भावना के कति छ भनेर छलफल गर्न आज प्राविधिक सहितको बैठक बस्ने भएको छ । बैठकपछि भारतबाट नेपाल आउने नयाँ झुण्डको सम्भावना के कति छ, कतिको सँख्यामा छन्, हावाको गति कुन दिशातिर फैलन्छ भनेर छलफल गरेर मात्र भन्न सकिने हुमागाईंले बताउनुभयो ।
भारतले पनि अहिले मध्य प्रदेशको जगतनगरमा रहेको झुण्ड झुण्डलाई निश्क्रिय पार्ने प्रयास गरिरहेको उहाँले बताउनुभयो । भारत यसलाई निश्क्रिय पार्न कत्तिको सफल हुन्छ भन्नेमा पनि भर पर्ने उहाँको भनाई छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।