बाढी पहिराले मध्य भोटेकोशी जलविद्युत आयोजनामा ठूलो क्षति

 असार २५, २०७७ बिहीबार ९:५४:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – गएरातिको बाढी र पहिरोले सिन्धुपाल्चोकमा निर्माणाधीन १ सय २ मेगावाटको मध्य भोटेकोशी आयोजनामा ठूलो क्षति पुर्‍याएको छ ।

बाह्रबिसे नगरपालिकाको जम्बु बजारसहितका क्षेत्रमा आएको बाढी र पहिरोले मानवीय क्षतिसँगै निर्माण भइरहेको मध्य भोटेकोशी आयोजनामा पनि क्षति पुर्‍याएको हो । भोटेकोशीको बाढीले भन्दा पनि खहरेमा आएको बाढीले आयोजनामा ठूलो क्षति पुगेको आयोजना प्रमुख सुनिल लामाले उज्यालोलाई जानकारी दिनुभयो । 

‘खहरेको बाढीले इलेक्ट्रोमेकानिकका सामान राखेका गोदाम घर नै बगाएको भन्ने खबर पाएका छौं, यस्तै पावरहाउसमा पनि बाढी पसेर क्षति पुर्‍याएको छ’ आयोजना प्रमुख लामाले भन्नुभयो,  ‘बाटो पनि बन्द छ, यहाँको अवस्था भयावह छ, हामी आयोजनास्थलसम्म जान सकेका छैनौं, ठूलो क्षतिको आंकलन गरिएको छ ।’

चीनको क्वाङसी हाइड्रो एन्ड इलेक्ट्रिकल कन्स्ट्रक्सनले जिम्मा पाएको आयोजनाको म्याद पटक पटक थपेर आउँदो डिसेम्बरसम्म पुर्‍याएको छ । तर यसपटकको बाढीले फेरि ठूलो क्षति गरेकोले समयमा काम नसकिने सम्भावना बढेको छ ।

भूकम्प, पहिरो, बाढी लगायतका कारण मध्य भोटेकोशीको लागत र समय बढदै गएको छ । चिलिमे जलविद्युत आयोजनाले बनाइरहेको यो आयोजनाको लागत १२ अर्ब २८ करोडबाट बढेर १५ अर्ब पुगेको छ । यो आयोजना सन २०१४ देखि सुरु भएको थियो ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया