सिन्धुपाल्चोक बाढी अपडेट : २२ जना बेपत्ता, ३२ घर बगायो

 असार २५, २०७७ बिहीबार १०:३:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकाका विभिन्न ठाउँमा बाढी र पहिरोबाट २२ जना बेपत्ता भएका छन् । कम्तिमा ३२ घर बगेका छन् । अहिलेसम्म २ जनाको शव भेटिएको छ । अरु ५ जना घाइते भएका छन् ।

बाह्रबिसे नगरपालिकाको वडा नम्बर तीन खागदलमा २० घर र वडा नम्बर ५ जम्बोमा ११ घर बगेका जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । जम्बोमा २ जनाको शव फेला परेको छ । अरु तीन जना घाइते भएका छन् । 

त्यस्तै बाह्रबिसे नगरपालिका ५ को जम्बोमा ठाडोखोलामा आएको बाढीले कच्ची र पक्की गरी ११ वटा घर बगाएको छ । त्यहाँ बस, ट्रक, स्कार्पियो र ट्याङकर गरी चार वटा गाडी पनि बगाएको छ । खागदलको पक्की पूल बाढीले बगाएको छ । पक्की पूल सहित अरनिको राजमार्गका विभिन्न ठाउँमा बाटो पूर्ण रुपमा अवरुद्ध भएको छ । 

त्यस्तै भोटेकोशी गाउँपालिकाको वडा नम्बर ५ बर्कुटेमा एउटा घर बगाउँदा २ जना बालबालिका घाइते भएका छन् । ४ जना बेपत्ता भएका गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिनुभयो । बाढी आएको थाहा पाएपछि एउटा घरमा भएका सबै भाग्न सफल भएका र अर्को घरका चार जना बेपत्ता भएका उहाँले बताउनुभयो । घाइतेको उद्धार र बेपत्ताहरुको खोजी भैरहेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: माघ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया