अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
काठमाडौं, जेठ १४ – सरकारले आउँदो आर्थिक वर्षका लागि सोमबार बजेट सार्वजनिक गर्दैछ ।
पहिलेजस्तै यसपटकको बजेटमा पनि सरकारले लोकप्रिय र महत्वाकांक्षी योजना बजेटमा समावेश गर्दैछ ।
हरेक आर्थिक वर्षमा ल्याउने बजेटलाई देश विकासको मेरुदण्ड मानिन्छ । तर अहिलेसम्मका बजेटले देश विकासको लागि खासै मार्गचित्र कोर्न नसकेको आमगुनासो छ । बजेटमा लोकप्रिय कार्यक्रम समेट्ने तर त्यसलाई मूर्त रुप दिन नसक्ने प्रवृति आमनागरिकमा निराशा बढेको छ ।
हरेक वर्ष बजेटको आकार बढे पनि विकासको लागि ल्याउने बजेट समयमै खर्च हुन नसक्दा पनि समस्या छ ।