जनता समाजवादी पार्टी निर्वाचन आयाेगमा दर्ता

 असार २५, २०७७ बिहिबार १४:७:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा दर्ता भएको छ । समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी एकीकरण भएर बनेको जनता समाजवादी पार्टी आयोगमा दर्ता भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।  

आयोगको बुधबार बसेको बैठकले जनता समाजवादी पार्टी दर्ता गर्ने निर्णय गरेको थियो । जसपाले दल दर्ताको लागि एक महिना अघि आयोगमा निवेदन दिएको थियो । 

एकीकरणअघि संसदमा तेस्रो र चौथाेँ दलको हैसियतमा रहेकाे पार्टी एकीकरणपछि अब संसद्को तेस्रो शक्ति बनेकाे छ ।   

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया