सिन्धुपाल्चोक बाढी अपडेट : घाइते ४ जनालाई हेलिकप्टरमार्फत काठमाण्डौ ल्याइयो

 असार २५, २०७७ बिहीबार १४:४०:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकाका विभिन्न ठाउँमा बाढी र पहिरोमा परी घाइते भएका चार जनालाई हेलिकप्टरमार्फत काठमाण्डौ ल्याइएको छ ।

बाह्रबिसेका सुबेस तामाङ र सविता बस्नेतलाई कैलाश हेलिकप्टरमार्फत कैलाश अस्पतालमा र भोटेकोशीका फुर्वा तामाङ र एक शिशुलाई माउन्टेन हेलिकप्टरमार्फत ह्याम्स अस्पतालमा लगिएको हो । 

पहिरोमा परि अहिलेसम्म दुई जनाको शव भेटिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ, जम्बोमा दुई जनाको शव भेटिएको हो । पहिरोमा परि अझै २० जना हराइरहेका छन्, उनीहरुको उद्धार भइरहेको छ । उद्धारको लागि पालिका र अरु निकायबीच समन्वय भइरहेको सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधव काफ्लेले जानकारी दिनुभयो । 

बाढी र पहिरोको कारण विभिन्न ठाउँमा गरी ३६ वटा घर बगेका छन् । त्यस्तै बाह्रबिसे नगरपालिका ५ को जम्बोमा ठाडोखोलामा आएको बाढीले घरसँगै बस, ट्रक, स्कर्पियो र ट्याङ्कर गरी चार वटा गाडी पनि बगाएको छ ।

यस्तै पहिरोले खागदलको पक्की पुल बगाएको छ । पक्की पुल बगाएपछि अरनिको राजमार्गका विभिन्न ठाउँमा बाटो पूर्णरुपमा अवरुद्ध भएको छ ।  

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया