बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
काठमाण्डौ – नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले प्रहरी सङ्गठनलाई आधुनिक प्रविधि र आधुनिकतामा अगाडि बढाउन आफूले प्रयत्न गर्ने बताउनु भएकाे छ ।
बिहीबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा दर्ज्यानी चिह्न ग्रहण गरेपछि थापाले संविधान, ऐन र नियमले दिएको सीमाभित्र रहेर काम गर्ने बताउनुभयो ।
सम्पूर्ण प्रहरी सङ्गठनलाई साथमा लिएर आफ्नो विवेकले भ्याएसम्म नि:स्वार्थ रुपमा खरो उत्रिने उहाँले बताउनुभयो । महानिरीक्षक एक्लैले सबै अपेक्षा पूरा गर्न नसक्ने उल्लेख गर्दै उहाँले सङ्गठनको महानिरीक्षकको सफलता/असफलता नै सङ्गठनको सफलता/असफलता भएकाले सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।
प्रहरी सङ्गठनलाई व्यक्तिगत लहडमा नभएर संस्थागत निर्णयका आधारमा अगाडि बढाउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । थापाले सङ्गठनभित्र आफ्नै सहकर्मीहरुलाई व्यावसायिक रुपमा निषेध गर्ने कुसंस्कारको अहिले अन्त्य भएको बताउनुभयो ।
विगतमा महानिरीक्षकको प्रतिस्पर्धामा हुने गरेको अस्वस्थ प्रतिस्पर्धालाई सङ्केत गर्दै उहाँले आफू र प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले त्यसलाई तोडेको बताउनुभयो ।
पाल र आफूबीच जो आईजीपी भए पनि सल्लाह र सहयोगमा अगाडि बढ्ने भद्र सहमति भएको खुलासा गर्दै थापाले सङ्गठनको हितका लागि आफ्नो कार्यकालबाट विगतको कुसंस्कार तोडिएको बताउनुभयो । गृह सचिव महेश्वर न्यौपानेले नवनियुक्त आईजीपी थापा र पालको प्रतिस्पर्धाले सङ्गठनको मूल्य मान्यताको प्रवर्द्धनका लागि ठूलो सहयोग गरेको बताउनुभयो ।
आउँदो दिनमा पनि नेतृत्वलाई सफल बनाउन सबैको सहयोग हुने अपेक्षा रहेको उहाँले बताउनुभयो । उहाँले प्रहरी सङ्गठनलाई असर गर्ने कुराहरु नगर्न/नगराउन पनि सबैलाई तयार रहन आग्रह गर्नुभयो । थापा मङ्गलबार नेपाल प्रहरीको २८ औँ प्रहरी महानिरीक्षकमा नियुक्त हुनुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।