बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै – राष्ट्रिय मानव अधिकार आयोगले सदस्य मोहना अन्सारीलाई सचेत गराएको छ ।
सङ्घीय समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टी र सांसदबाट निष्कासन गरेको विषयमा राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य अन्सारीले विरोध गर्दै ट्वीट गर्नुभएको थियो । आयोगले अन्सारीको ट्वीटलाई अस्वीकार गर्दै उहाँलाई सचेत गराइएको जनाएको छ ।
आयोगले सदस्यबाटै यस किसिमका ट्वीट आउनु खेदजनक रहेको जनाएको छ । नेपालको नयाँ नक्साको विराेधमा अभिव्यक्ति दिएको र संविधान संशोधन प्रस्तावमा संशोधन दर्ता गराएको भन्दै समाजवादी पार्टीले सरिता गिरीलाई निष्कासन गरेको थियो ।
त्यसपछि आयोगकी सदस्य मोहना अन्सारीले ट्वीट गरेर पार्टीको निर्णय खेदजनक र कथित प्रतिवेदनलगायतका शब्द प्रयोग गर्दै विरोध गर्नुभएको थियो ।
यस्ताे छ अन्सारीकाे ट्वीट–
— Mohna Ansari موھنا انصاري (@MohnaAnsari) July 7, 2020
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
RAMU
July 9, 2020, 6:15 p.m.मोहना अन्सारीले राष्ट्रियतालाई कमजोर बनाउने अभिव्यक्ति दिएकी छिन मेरो विचारमा /