नेपालमा काेराेना सङ्क्रमित थपिने क्रम घट्दै, २४ घण्टामा १०८ जनामा पुष्टि

 असार २५, २०७७ बिहीबार १६:४३:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा पछिल्लो २४ घण्टामा एक सय आठ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।

थप एक सय आठ जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १६ हजार पाँच सय ३१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलायले जनाएको छ । पछिल्लो एक हप्तायता दैनिका काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि हुने सङ्ख्या तीन सयभन्दा बढेको छैन ।

स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश १ मा एक सय ९६ जना, प्रदेश दुईमा दुई हजार २४ जना, वाग्मती प्रदेशमा चार सय २९ जना, गण्डकी प्रदेशमा आठ सय ६२ जना, प्रदेश ५ मा एक हजार सात सय २७ जना, कर्णाली प्रदेशमा चार सय पाँच जना र सुदूरपश्चिम प्रदेशमा दुई हजार नाै सय ६२ जना कोरोना सङ्क्रमित रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा थप एक सय ३९ जना कोरोनाबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोनाबाट निको भएर डिस्चार्ज हुनेको सङ्ख्या सात हजार आठ सय ४१ पुगेको छ ।

त्यस्तै क्वरेण्टीनमा रहनेकाे सङ्ख्या २४ हजार चार सय २५ र आइसाेलेशनमा रहनेकाे सङ्ख्या आठ हजार ६ सय सात रहेकाे छ ।

अन्तिम अपडेट: माघ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया