सरिता गिरीलाई संसद् सचिवालयले सांसद पदबाट हटायो

 असार २५, २०७७ बिहिबार १७:२:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – संसद् सचिवालयले सरिता गिरीलाई सांसद पदबाट हटाएको छ । सङ्घीय समाजवादी पार्टीले गएकाे मङ्गलबार सरिता गिरीलाई पार्टीबाट निष्कासन गर्दै सांसद पदसमेत खारेज गरेको थियो ।

पार्टीको पत्र प्राप्त भएपछि सङ्घीय संसद् सचिवालयले बिहीबार सूचना निकालेर सरिता गिरीलाई सांसदबाट निष्कासन गरेको जनाएको छ ।

नेपालको नयाँ नक्साको विरोध गरेको, पार्टीको ह्वीप नमानेको र संविधान संशोधन विधेयकमा संशोधन दर्ता गराएको भन्दै समाजवादी पार्टीले गिरीलाई पार्टी र सांसदबाट हटाइएको जनाएको छ । 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया