बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
काठमाण्डौ – नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर घट्दै गए पनि जोखिम भने कायमै रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले सङ्क्रमितको सङ्ख्या कम हुँदै गए पनि जोखिम बढिरहेको बताउनुभएको हो । उहाँले पछिल्लो समय मानिसको हेलचेक्र्याइँ पनि बढेकाेले स्थिति भयाभह हुन सक्ने भन्दै सचेत रहन आग्रह गर्नुभएको छ ।
मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले सङ्क्रमण कम गर्न सबै सचेत नभए फेरि सङ्क्रमितको सङ्ख्या बढ्ने चेतावनीसमेत दिनुभयो । यसअघि गएकाे मङ्गलबार नेपालमा दुई सय चार जनामा कोरोनाकाे सङ्क्रमण पुष्टि भएको थियो भने बुधबार दुई सय ५५ जना सङ्क्रमित थपिएका थिए ।
बिहीबार भने एक सय आठ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे मन्त्रालयले जनाएकाे छ । बिहीबार थपिएकासँगै नेपालमा काेराेना भाइरसबाट सङ्क्रमित हुनेकाे सङ्ख्या १६ हजार पाँच सय ३१ पुगेकाे छ ।
त्यस्तै बिहीबार एक सय ३९ जना सङ्क्रमणमुक्त भएर डिस्चार्ज भएसँगै निकाे भएर घर फर्किनेकाे सङ्ख्या सात हजार आठ सय ९१ पुगेकाे मन्त्रालयले जनाएकाे छ । काेराेना सङ्क्रमणकाे कारण अहिलेसम्म ३५ जनाकाे मृत्यु भएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।