दातृ निकायबाट ७८ अर्ब रुपैयाँ ऋण र अनुदान लिने सरकारको निर्णय

 असार २५, २०७७ बिहीबार १८:२९:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले विभिन्न दातृ निकायबाट झण्डै ७८ अर्ब रुपैयाँ बराबरको ऋण र अनुदान लिने भएको छ ।

अर्थ मन्त्रालयको प्रस्तावमा विश्व बैंकको सहयोगमा रणनीतिक सडक र व्यापारिक मार्ग विस्तारको लागि ५४ अर्ब रुपैयाँ ऋण सहायता रकम स्वीकार गर्ने निर्णय भएको छ ।

यस्तै ३० वटा नगरपालिकाको पूर्वाधार र शासकीय क्षमता सुधारको लागि विश्व बैंकबाटै १८ अर्ब रुपैयाँ सहुलियता ऋण स्वीकार गर्ने पनि निर्णय सरकारले गरेको छ ।

यस्तै एसियाली विकास बैंकबाट नागरिक उड्डयन क्षेत्र सुधारको लागि पाँच अर्ब ९८ करोड रुपैयाँ सहायता स्वीकार गर्ने पनि निर्णय भएको छ । 

अन्तिम अपडेट: माघ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया