विपद् व्यवस्थापनकाे लागि नयाँ रणनीति अपनाउन गृह मन्त्रीकाे निर्देशन

 असार २५, २०७७ बिहीबार २०:१४:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – गृह मन्त्री रामबहादुर थापाले मनसुनकाे कारण उत्पन्न हुने विपद्को व्यवस्थापनमा नयाँ रणनीति अपनाइ काम गर्न निर्देशन दिनुभएको छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा बोल्दै गृह मन्त्री थापाले अहिलेसम्म अपनाइएको सतर्कताले नपुग्ने भन्दै नयाँ रणनीतिका साथ अगाडि बढ्न निर्देशन दिनुभएको हो ।

उहाँले सङ्कटलाई समाधान गर्न केन्द्र सरकारको कार्यसमितिलगायत सरोकारवाला सङ्घ संस्थाहरुलाई उच्च सतर्कतामा राख्नसमेत निर्देशन दिनुभयो । उहाँले घटना घट्नासाथ उच्च सतर्कता अपनाइ तुरुन्तै परिचालित हुने गरी काम गर्नसमेत निर्देशन दिनुभयो ।

गृह मन्त्री थापाले जेठदेखि नै मनसुन सुरु भएको र भदौसम्म रहने भएकाले यसबाट उत्पन्न हुने सङ्कटको सामना गर्ने सन्दर्भमा नयाँ नीति र योजनाहरु अपनाउनुपर्नेमा जोड दिनुभयो ।

मनसुनले यसवर्ष बाढी पहिरोको जोखिम बढाएको भन्दै सङ्कटको सम्भावनाको आँकलन गरिएको बताउनुभयो । जेठ महिनामा नै पानी परेकाले धरातल भिजेको र आउँदो दिनमा ठूलो वर्षा हुने अनुमान गरिएकाले देशव्यापी रुपमा नै बाढी पहिरो आइ धनजनको क्षति ल्याउने सम्भावना प्रबल देखिएको उहाँकाे भनाइ छ । उहाँले सङ्कटलाई सामना गर्दै जनताको जीउ धनको रक्षा गर्ने चुनौती बढेको बताउनुभयो ।

उहाँले देशले चार वटा सङ्कट एकैपटक व्यहोर्नु परेकाले चुनौती पनि बढी नै रहेको बताउनुभयो । कोरोना भाइरसकाे कारण मानव स्वास्थ्यमा परेको सङ्कट, अर्थतन्त्रमा परेको सङ्कट, लामो समय लकडाउन हुँदा समाजमा परेको सङ्कट र मनसुन छिटो हुँदा बाढी पहिरोका कारण पर्ने सङ्कटको व्यवस्थापन एकैसाथ गर्नुपरेकाेले चुनौती धेरै रहेको गृह मन्त्री थापाले बताउनुभयो ।  

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया