बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिम क्षेत्रका बासिन्दालाई आइतबारसम्म सुरक्षित ठाउँमा बस्न आग्रह गरेको छ ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले कष्ट सहेरै भए पनि आइतबारसम्म नदी किनार क्षेत्र र जोखिम आँकलन गरिएको क्षेत्रमा नबसी सुरक्षित ठाउँमा जान आग्रह गर्नुभएको हो ।
‘विपद्को पूर्वानुमान गरिएको पहिलो दिन बुधबार सिन्धुपाल्चोकका विभिन्न क्षेत्रमा भेलपहिरो र बाढीले क्षति गर्याे', उहाँले भन्नुभयो, ‘बरु कष्ट सहनुस् तर जोखिम क्षेत्रमा नबस्नुस् ।’
अहिले भेलपहिरो बढी आउने पाइएको र विगतमा पहिरो खसेर बनेको भूभागमा कम्तिमा मनसुन सक्रिय भएको बेला नबसी अन्यत्रै सुरक्षित स्थानमा जान आग्रह गर्नुभएको छ । तराई र चुरे क्षेत्रका मुख्य नदी तथा शाखा नदीमा सावधानी अपनाउन भनिएको छ ।
त्यस्तै ३० हजारभन्दा बढीलाई सतर्कताका लागि मोबाइल सन्देश पठाइएको पनि प्राधिकरणले जनाएको छ । यसअघि नै परेको पानीले जमिन गलिसकेकाले थोरै पानी पर्दैमा पहिरो र बाढीको ठूलो जोखिम रहेको प्राधिकरणले जनाएको छ ।
खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् शिवकुमार बाँस्कोटाले भौगोलिक विविधता रहेकाले एक ठाउँको अध्ययनले अर्को ठाउँमा काम गर्न नसक्ने भएकाले जोखिम पहिचान गरी सुरक्षित बस्नुपर्नेमा जोड दिनुभयो ।
उहाँका अनुसार मनसुन सक्रिय भएपछि मुख्यगरी चुरे क्षेत्र र महाभारत क्षेत्रमा बढी पहिरो जाने गरेको छ । मौसम पूर्वानुमान महाशाखाले आइतबारसम्म मनसुन थप सक्रिय हुने यसअघि नै जानकारी गराएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।