बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
कास्कीमा दुई ठाउँमा पहिरोले घर पुरिंदा ४ जनाको ज्यान गएको छ । पोखरामा ३ र हेम्जामा १ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
पोखरा महानगरपालिका १८ गोठादीमा टंकबहादुर थापाको घर पहिरोले पुरिंदा ३ जनाको ज्यान गएको छ । ६ जना घाइते भएका छन् । केही सम्पर्कबिहीन भएका प्रहरीले जनाएको छ ।
बिहान ३ बजेतिर पहिरो जाँदा ३ जनाको ज्यान गएको कास्कीका डीएसपी सुबास हमालले जानकारी दिनुभयो । उनीहरुको परिचय भने खुलेको छैन । पुरिएको घरमा हिजो जन्मदिन उत्सव भएको र जन्मदिन मनाउनका लागि केही आफन्तहरु पनि आएका स्थानीयले बताएकाे उहाँले जानकारी दिनुभयो । घर पूर्ण रुपमा पहिरोले पुरिएको छ । अहिले प्रहरीको टोली घटनास्थलमा पुगिसकेको छ । घाइतेलाई पोखराको मणिपाल अस्पताल र पश्चिमाञ्चल अस्पताल लगिएको छ ।
पानी लगातार परिरहेकाले थप अरु घर पनि जोखिममा छन् । यस्तै पोखराकै हेम्जामा रहेको रामचन्द्र अधिकारीको घर पनि पहिरोले पुरिंदा उहाँकी आमा हिमकलीको ज्यान गएको छ । गएराति ३ बजेतिर नै पहिरो गएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।