बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
म्याग्दीको धौलागिरी गाउँपालिका ६ रिखामा पहिरोका कारण २ परिवारका ७ जना बेपत्ता भएका छन् ।
घण्टीवाङबाट पहिरो खसेर भिमप्रसाद जुग्जाली र धनबहादुर जुग्जालीको घर बगाउँदा ७ जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । भीमप्रसादको घरमा चार र धनबहादुरको घरमा तीन जना थिए । घण्टीवाङका १३ परिवार पहिरोले विस्थापित भएका छन् । यस्तै कल्लेनीको धारखोलामा आएको बाढीले दुई वटा घर बगाएको छ ।
म्याग्दीकै रघुगङ्गा नदीमा आएको बाढीले मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको राहुघाटमा रहेको बेलिब्रिजसमेत बगाएको छ । बेलिब्रिज बगाएपछि रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जिल्लाको सिधा यातायात सम्पर्कविच्छेद भएको छ । यस्तै पहिरोका कारण बिपी राजमार्ग अवरुद्ध भएको छ ।
सिन्धुलीको सुनकोशी गाउँपालिका ३ कमेरेफाँटमा गएराति पहिरो जाँदा अहिले दुईतर्फी रुपमा नै गाडी चलेका छैनन् । पहिरोमा बा १० च ७८४८ नम्बरको कार समेत पुरिएको छ । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।