सिन्धुपाल्चोकमा पहिरोमा बेपत्ता भएकाहरुको खोजी चल्दै

 असार २६, २०७७ शुक्रबार ८:४३:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकामा बाढी र पहिरोमा बेपत्ताहरुको आज बिहानदेखि खोजी थालिएको छ ।

हराइरहेका २१ जनाको खोजीको काम सुरु भएको हो । आज स्काभेटर समेत प्रयोग गर्ने खोजी भैरहेको सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

हिजो बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकाका विभिन्न ठाउँमा बाढी र पहिरोमा परेर दुई जनाको ज्यान गएको छ । घाइते ६ जनाको काठमाण्डौमा उपचार भैरहेको छ । गृह मन्त्रालयका अनुसार बाढी र पहिरोमा १६ घर पूर्ण रुपमा क्षति भएका छन् ।

३० घर परिवारलाई त्रिपाल सहित लत्ताकपडा र कम्बल वितरण गरेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया