कास्की, नवलपरासी र लम्जुङमा बाढी खतराको संकेत

 असार २६, २०७७ शुक्रबार ९:३१:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कास्की, नवलपरासी र लमजुङका केही ठाउँमा बाढी खतराको संकेतमा पुगेको छ ।

पोखरा,  वलपरासीको बर्दघाट तथा लम्जुङका बेसिशहर र खुदीबजार क्षेत्रमा नारायणी नदीको बाढी खतराको संकेतसम्म पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । ती ठाउँमा ठूलो वर्षा भएकाले बाढी खतराको संकेतसम्म पुगेको हो ।

गण्डकी प्रदेशसँगै प्रदेश २ र ५ का केही ठाउँमा पनि भारी वर्षा भएको छ । भारी वर्षा भएका ठाउँका नदीहरुमा बाढी आउने भएकाले सचेत हुन महाशाखाले अनुरोध गरेको छ । 

अन्तिम अपडेट: असार २९, २०७७

तपाईको प्रतिक्रिया