पहिरोका कारण रसुवागढी नाका जोड्ने सडक अवरुद्ध

 असार २६, २०७७ शुक्रबार ९:४२:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

रसुवा – बिहीबार दिउँसोदेखि परेको अविरल वर्षाका कारण रसुवागढी नाका जोड्ने सडक अवरुद्ध भएको छ ।

स्याफ्रु–रसुवागढी सडक खण्डको विभिन्न स्थानमा पहिरो जाँदा सडक खण्ड अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार स्याफ्रु–रसुवागढी सडक खण्डको कुलुङ र तातोपानीडाँडा क्षेत्रमा पहिरो गएको छ । वर्षा भइरहेका कारण सडक खुलाउन सकिएको छैन । त्यस क्षेत्रमा पहिरो झरिरहेको कारण मान्छे हिँडडुल गर्न रोक लगाइएको छ ।

पानी पर्ने क्रम रोकिएपछि पहिरो पन्छाउने काम सुरु हुने प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताउनुभयो । जिल्लाको अन्य सडक खण्ड अहिलेसम्म अवरुद्ध नभएको उहाँको भनाइ छ ।  पासाङल्हामु मार्गको राम्चे–धुन्चे खण्ड र धुन्चे–स्याफ्रु खण्डमा सवारी सञ्चालन भइरहेका छन् ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया