काठमाण्डौका यी ठाउँमा आज दिउँसो बत्ती नआउने

 असार २६, २०७७ शुक्रबार १०:४:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डौ – चक्रपथ विस्तारको काम सञ्चालनका कारण काठमाण्डौका केही ठाउँमा आज दिउँसो बिजुली नआउने भएको छ ।

कुलेश्वर वितरण केन्द्र अन्तर्गत पर्ने स्युचाटार पुलदेखि  सितापाइला चोक सम्मको चक्रपथ विस्तार कार्यक्रम अन्तर्गतको विद्युतीय संरचना स्थानान्तरण तथा हटाउने काम भइरहेकाले केही ठाउँमा बिजुली नआउने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार आज बिहान ११ बजेदेखि दिउँसो तीन बजेसम्म स्युचाटार–स्वयम्भु फिडर सटडाउनमा राखेर काम गर्नुपर्ने भएकोले त्यस फिडर अन्तर्गत वितरित स्थानहरु सोल्टी दोबाटो , सितापाइला , सिभिल होम्स , अलकत्रा उद्योग ,पदमा  कोलोनी , रामकोट ,भिमढुँगा , छत्रे देउराली लगायतका स्थानहरुको विद्युत लाइनमा अवरोध हुनेछ ।

काम निर्धारित समय पहिल्यै सम्पन्न भएमा तोकिएको समयभन्दा अगावै लाइन सञ्चालन हुन सक्ने समेत प्राधिकरणले जनाएको छ ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया