बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै – इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले काठमाण्डाै उपत्यकामा दैनिक एक हजार जनाको दरले कोरोनाको नमुना परीक्षण गर्ने भएको छ । दैनिक पाँच दिनसम्म एक हजारको दरले नमुना सङ्कलन गरिने महाशाखाले जनाएकाे हाे ।
महाशाखाले उपत्यकाका अस्पताल, बैंक, मालपोत, नापी, यातायात कार्यालय जस्ता मानिसको बढी भिडभाड हुने ठाउँमा पुगेर नमुना सङ्कलन गरिरहेको छ । महाशाखाका निर्देशक डाक्टर वासुदेव पाण्डेले उपत्यकामा समुदायमा कोरोनाको अवस्था पत्ता लगाउनकाे लागि नमुना सङ्कलन गर्न थालिएको जानकारी दिनुभयो ।
महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक महेन्द्रध्वज अधिकारीले एउटा कार्यालयका ६० देखि ७० जनासम्मको नमुना सङ्कलन गरिने बताउनुभयो । सुरुको चरणमा अस्पतालमा सघन उपचार कक्षका बिरामी, अर्बुद रोग र मिर्गौलाको डायलासिस गराइरहेका बिरामी तथा उनीहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मीको परीक्षण गरिनेछ ।
यस्तै बैंक, मालपोत, नापी जस्ता कार्यालयमा अग्रपङ्क्तिमा रहेर काम गर्ने कर्मचारीको नमुना सङ्कलन भइरहेको छ । उपत्यकामा बाहिरबाट आउने मानिस बढेपछि महाशाखाले परीक्षणको दायरा बढाएको हो ।
महाशाखाले बिहीबार कलङ्की, वनस्थली, चावहिल र भक्तपुरमा ती कार्यालयमा रहेका कर्मचारीको एक हजार नमुना सङ्कलन गरेको थियो । यस्तै शुक्रबार ललितपुरको भैँसेपाटी, काठमाण्डाैका नयाँ बानेश्वर र नयाँ सडक तथा भक्तपुरमा गइ टोलीले नमुना सङ्कलन गर्दै छ । केही दिनयता काठमाण्डौमा लगातार सङ्क्रमित भेटिएपछि जोखिम बढेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।