२४ घण्टामा थपिए ११८ जना काेराेना सङ्क्रमित

 असार २६, २०७७ शुक्रबार १६:३०:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा पछिल्लो २४ घण्टामा थप एक सय १८ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।

थप एक सय १८ जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको कुल सङ्ख्या १६ हजार ६ सय ४९ पुगेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । 

मन्त्रालयका अनुसार शुक्रबार देशका विभिन्न २५ वटा प्रयोगशालामा भएको परीक्षणमा एक सय १८ जनामा काेराेनाकाे सङ्क्रमण देखिएकाे हाे ।

शुक्रबार मात्रै काठमाण्डाै उपत्यकामा ४२ जना सङ्क्रमित थपिएका छन् । काठमाण्डाैमा २८, ललितपुरमा १३ र भक्तपुरमा एक जनामा सङ्क्रमण देखिएको हो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया