बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै – सरकारले ६ वटा जिल्लामा कोरोना सङ्क्रमित नरहेको जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भोजपुर, सोलुखुम्बु, धनकुटा, मुस्ताङ, हुम्ला र मनाङमा एक जना पनि सक्रिय सङ्क्रमित छैनन् । यी जिल्लामा यसअघि सङ्क्रमित भेटिए पनि सङ्क्रमण पुष्टि भएका सबै निको भएर डिस्चार्ज भएकाे मन्त्रालयले जनाएको छ ।
६ जिल्ला काेराेनामुक्त भएसँगै ७१ जिल्लामा काेराेना सङ्क्रमण सक्रिय रहेकाे मन्त्रालयले जनाएकाे छ ।
शुक्रबार पीसीआर विधिबाट चार हजार आठ सय ६ जनाको कोरोना परीक्षण भएको छ । आजसम्म दुई लाख ७५ हजार नाै सय ५१ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गाैतमले बताउनुभयो । देशभरिका क्वरेण्टीनमा २३ हजार नाै सय १० जना रहेका छन् ।
विभिन्न अस्पतालका आइसोलेशनमा आठ हजार ६ सय तीन जना कोरोना सङ्क्रमित उपचाररत रहेका छन् । शुक्रबार एक सय २० जना गरी आजसम्म आठ हजार ११ जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।