बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
काठमाण्डौ – बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने सम्बन्धमा नियामक निकायलाई नै जिम्मेवारी दिने संसद्काे अर्थ समितिले निर्णय गरेको छ ।
सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको शुक्रबारको बैठकले सांसद रामकुमारी झाँक्री संयोजक रहेको उपसमितिले दिएको प्रतिवेदनलाई पारित गर्दै बैंकलाई लाइसेन्स दिने निर्णय गर्ने जिम्मा नियामक निकायलाई नै दिएको छ ।
उपसमितिको प्रतिवेदनमा केही विषयमा संशोधनसहित प्रतिवेदन पारित गरेको हो । अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले अहिले सञ्चालनमा रहेका ब्रोकर कम्पनीले गरेको व्यवसायभन्दा राम्रो गरी सेवा दिन सक्छन् भने अहिले नै बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिँदा समितिलाई कुनै समस्या नहुने बताउनुभयो ।
उहाँले प्रतिवेदनमा उठेका प्रश्नहरुको जवाफ नियामक निकायले दिने गरी बैंकका सहायक कम्पनीलाई लाइसेन्स दिनेसम्बन्धमा निर्णय गर्न सक्ने बताउनुभयो । समितिले पारित गरेको उपसमितिको प्रस्तावमा प्राकृतिक स्रोतसम्बन्धी काम गर्ने कम्पनीहरुको शेयर सर्वसाधारणमा जारी गर्नुपर्ने व्यवस्थालाई कायम राखेको छ ।
समिति सभापति दाहालले सानो कम्पनी भए पनि नेप्सेमा सूचीकृत गर्न सक्ने अवस्था नहुँदासमेत पब्लिक लिमिटेड कम्पनीमा दर्ता हुनुपर्ने व्यवस्था गरिएको बताउनुभयो । धितोपत्र बजारमा वास्तविक क्षेत्रको हिस्सा बढाउनका लागि ५० करोड रुपैयाँ कर्जा लिने कुनै पनि निजी कम्पनी पब्लिक लिमिटेडमा दर्ता भइ सर्वसाधारणमा शेयर जारी गर्नुपर्ने व्यवस्थालाई भने परिमार्जन गरी एक अर्बसम्मको कारोबार हुने कम्पनीहरु अनिवार्य पब्लिक लिमिटेडमा दर्ता भइ नेप्सेमा सूचीकृत हुनुपर्ने निर्णय अर्थ समितिले गरेको छ ।
समितिले पारित गरेको प्रतिवेदनमा उल्लेख भएका ११ प्रश्नको सम्बोधन भएपछि मात्र बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिनुपर्ने उल्लेख गरिएको छ । बैठकमा सांसदहरुले बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने उल्लेख भए पनि शर्तहरु पूरा भएपछि मात्र दिन सकिने व्यवस्था भएकाले कहिलेसम्म प्रश्नको जवाफ दिने र लाइसेन्स दिने भन्ने विषय उल्लेख गर्नुपर्ने बताए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।