भारतीय पत्रकार सुधीर चाैधरीले नेपालीसँग माफी माग्दै ट्वीट हटाए

 असार २६, २०७७ शुक्रबार १८:१७:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भारतीय न्युज च्यानल जी न्युजका प्रधान सम्पादक सुधीर चौधरीले नेपालबारे गरेको विवादास्पद ट्वीट हटाउँदै माफी मागेका छन् । 

पछिल्लो केही हप्तायता भारतीय सञ्चारमाध्यममा नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै सामग्रीहरु प्रसारण भइरहेको छ । नेपाल र प्रधानमन्त्री ओलीलाई जोडेर भारतीय सञ्चारमाध्यमले भ्रामक प्रचार गरेको भन्दै नेपालका लागि विदेशी च्यानल वितरकले भारतीय न्युज च्यानलको प्रसारण रोक्ने निर्णय गरेका थिए । 

त्यो निर्णयको केही बेरपछि जी न्युजका प्रधान सम्पादक चौधरीले विवादास्पद ट्वीट गरेका थिए । उनले ट्वीट गर्दै नेपाल भारतका समाचार प्रस्तोतासँग डराएको र सेनाको त आवश्यकता नै नरहेको जनाएका थिए । यस्ताे थियाे उनकाे ट्वीट–

  

आफ्नो ट्वीटले नेपाली दर्शकमाथि चोट पुगेको भन्दै चौधरीले ट्वीट हटाउँदै माफी मागेका हुन् । उनले ट्वीटमा लेखेका छन्, ‘मेरो यसअघिको ट्वीटले नेपालका हाम्रा दर्शक दुःखी भएका छन् । भारतमा पनि मलाई धेरै जनाको यो विचार सही नभएको बताएका छन् । मैले आवेगमा आएर अनावश्यक प्रतिक्रिया दिएको हुन सक्छु । यसकारण म खेद प्रकट गर्दै ट्वीट हटाउँदैछु ।’

 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया