आहा ! आर्क ब्रिजकाे झिलीमिली

 असार २७, २०७७ शनिबार १३:५७:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौको बबरमहलको आर्क ब्रिजमा झिलीमिली बत्ती जडान गरिएको छ । बत्ती जडान गरेपछि रातको समयमा पुलको दृष्य आकर्षक र लाेभैलाग्दाे देखिएको छ ।

विसं २०७१ सालमा सम्झौता भएर निर्माण थालिएको पुलको अहिले लगभल निर्माण सम्पन्न भएपछि बत्ती बाल्न थालिएको हो । ‘बत्ती जडान गरेपछि पुलमा हुने दुर्घटनामा समेत कमी आउनेछ’, एक ट्राफिक प्रहरीले भने । 

यसअघि माइतीघर मण्डलामा पनि झिलिमिली बत्ती जडान गरिएको थियो । 

 

तस्बिर : विकास तामाङ

अन्तिम अपडेट: असार २८, २०७७

तपाईको प्रतिक्रिया