पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपुरमा अवरुद्ध सडक खुल्यो

 असार २७, २०७७ शनिबार १४:३२:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपुरको गैँडाकोटमा बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध भएकाे सडक खुलेको छ ।

बाढीले भत्काएकाे ठाउँमा डाइभर्सन बनाइएपछि सडक खुलेको प्रहरीले जनाएको छ । गैँडाकोट नगरपालिका ९ काे थुम्सीमा रहेकाे खहरे खोलामा आएको बाढीले डाइभर्सनमा राखेको कल्भर्ट बगाउँदा शनिबार बिहान ४ बजेदेखि सडक अवरुद्ध भएको थियो ।

सडक अवरुद्ध भएपछि खाद्यान्नलगायतका अन्य सामग्री ढुवानी गर्ने गाडी बिहानदेखि रोकिएका थिए । अन्य अत्यावश्यक कामले गुडेका निजी गाडीसमेत रोकिएका थिए । सडक खुलेपछि रोकिएका गाडी गन्तव्यतर्फ लागेका छन् । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया