बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
काठमाण्डौ – बाढी पहिरोका पीडितहरुलाई तत्काल उद्धार गरी सार्वजनिक भवन र विद्यालयमा राख्न सकिने विषयमा छलफल भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सरोकारवालासँग गरेको छलफलमा तत्काल उद्धार गरी सामुदायिक विद्यालयमा राख्न सकिने विषयमा छलफल गरेको छ ।
कोरोना सङ्क्रमणको जोखिमसँगै मनसुन सुरु भएपछि देशका विभिन्न ठाउँमा बाढी पहिरोले क्षति पुर्याएपछि उद्धार र राहतका विषयमा सरोकारवालाहरुसँग गरेको छलफलमा प्राधिकरणले यस्तो बताएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा बाढी पहिरोका घटना बढिरहेको अवस्थामा तत्काल उद्धार, राहत र पुनर्स्थापनाका विषयमा प्राधिकरणले सरोकारवालहरुसँग छलफल भएको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताउनुभयो । प्राकृतिक विपद्बाट पीडितलाई तत्काल उद्धार गरी विद्यालय भवन वा सार्वजनिक भवनमा पुनर्स्थापना गर्ने विषयमा छलफल भएको उहाँले बताउनुभयो ।
छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, विपक्षी दलका नेता शेरबहादुर देउवालगायत विभिन्न मन्त्रालयका मन्त्री र सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको थियो । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रको तथ्याङ्कअनुसार शुक्रबार बाढी र पहिरोबाट आठ जिल्ला प्रभावित भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।