बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै – यूएईमा पक्राउ परेका हरिशरण खड्कालाई नेपाल ल्याइएको छ । इन्टरपोलमा रेड कर्नर नोटिस जारी भएपछि यूएईमा समातिएका खड्कालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरेर शनिबार काठमाण्डौ ल्याइएको नेपाल प्रहरीले जनाएको छ ।
उनी २०७५ माघमा यूएईमा समातिएका थिए । खड्कासहित १२ जनाविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन इन्टरपोलमा रेड नोटिस जारी भएको थियो । काभ्रे घर भएका खड्का यूएईमा बस्दै आएका थिए ।
केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले २०७३ पुसमा बरामद गरेको साढे ३३ किलो सुन प्रकरणमा पनि उनी मुछिएका छन् । प्रहरीका केन्द्रीय प्रवक्ता डीआइजी निरजबहादुर शाहीका अनुसार खड्काबारे थप अनुशन्धान भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।