२४ घण्टामा थपिए काेराेनाका ७० सङ्क्रमित

 असार २७, २०७७ शनिबार १६:४८:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शनिबार थप ७० जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । शनिबार थपिएकासहित सङ्क्रमितकाे कुल सङ्ख्या १६ हजार सात सय १९ पुगेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । 

विभिन्न अस्पतालका आइसोलेशनमा आठ हजार दुई सय ३९ जना सङ्क्रमितकाे उपचार भइरहेकाे मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गाैतमले जानकारी दिनुभयाे । शनिबारमात्र चार सय ३१ जना डिस्चार्भ भएसँगै सङ्क्रमणमुक्त भएर घर फर्किनेकाे सङ्ख्या आठ हजार चार सय ४२ पुगेकाे छ । 

पछिल्ला आठ दिनमा सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ । १९ गते सात सय २० जनामा कोरोना देखिएको थियो ।  २० गते दुई सय ३२ जनामा, २१ गते दुई सय ९३ जनामा, २२ गते एक सय ८० जनामा, २३ गते दुई सय चार जनामा, २४ गते दुई सय ५५ जनामा, २५ गते एक सय आठ जना, २६ गते एक सय १८ जना र शनिबार ७० जनामा मात्रै कोरोना पुष्टि भएको छ । 

अन्तिम अपडेट: फागुन १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया