कालङ्गा नदीले बगाउँदा दुई जना बेपत्ता

 असार २८, २०७७ आइतबार ६:११:१ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – बझाङकाे कालङ्गा नदीले बगाउँदा दुई जना बेपत्ता भएका छन् । 

बेपत्ता हुनेमा केदारस्युँ गाउँपालिका ४ का १४ वर्षीय किशोर जगत अधिकारी र केदारस्युँ गाउँपालिका १ का १३ वर्षीय किशोर रोशन दमाई रहेका छन् । 

जगत शुक्रबार साँझ ६ बजे कालङ्गा नदीमा जाल फाल्दै गर्दा बगेको चप्पल रोक्ने क्रममा बगेका हुन् । रोशन शनिबार दिउँसो २ बजे नदीमा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएको प्रहरी नायब उपरीक्षक गणेश बलले बताउनुभयो । अहिले उनीहरु दुवै जनाको खोजी कार्य भइरहेको छ । 

त्यस्तै गएको असार १६ गते छबिसपाथिभेरा गाउँपालिकाको किनाल्ना भिरबाट मोटरसाइकलसहित सेती नदीमा खसेका भनिएका रोल्पा घर भइ बझाङमा काम गर्दै आएका ३२ वर्षीय प्रतापसिंह कुलमगर पनि अहिलेसम्म बेपत्ता रहेका छन् । 

भिरमा मोबाइल, पैसा र एउटा चप्पल भेटिए पनि उनी र मोटरसाइकल अहिलेसम्म फेला पार्न नसकेको प्रहरीले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख ४, २०८१

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया