मनसुन सुरु भएपछिको ३० दिनमा ८८ जनाको ज्यान गयो, ३५ जना अझै बेपत्ता

 असार २८, २०७७ आइतबार ७:१३:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

मनसुन सुरु भएपछिको एक महिनामा विपद्का घटनामा ८८ जनाको ज्यान गएको छ । ३५ जना बेपत्ता रहेका छन् । मनसुनपछिको विपद्ले देशका १९ जिल्ला बढी प्रभावित भएका छन् ।

अहिलेसम्म म्याग्दी, सिन्धुपाल्चोक, पर्वत, बझाङ, कास्की, जाजरकोट, पाल्पा, लमजुङ, गुल्मी, झापा, चितवन, सल्यान, कालीकोट, सुर्खेत, गोरखा, स्याङ्जा, बाग्लुङ, डोटी र दार्चुला बढी प्रभावित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । 

गएको जेठ ३० गते मनसुन सुरु भएपछिका ३० दिनमा ८८ जनाको ज्यान गएको हो । सबैभन्दा धेरै म्याग्दीमा २७, पर्वत र जाजरकोटमा ९/९, बझाङ र कास्कीमा ७/७ जना, गुल्मीमा ५, पाल्पा र लमजुङमा ४/४ जना, सिन्धुपाल्चोकमा ३ जनाको ज्यान गएको प्राधिकरणको तथ्याङ्क छ । त्यस्तै रुकुम पश्चिम र दार्चुलामा २/२ जना, गोरखा, स्याङजा, बाग्लुङ, डोटी, सल्यान, कालिकोट, सुर्खेत, झापा र चितवनमा एक÷एक जनाले ज्यान गुमाएका छन् । सबैभन्दा धेरै भेलपहिरोले क्षति पुर्‍याएको छ ।

पर्वतको दुर्लुङमा जङ्गल माथिबाट भेलपहिरो खसेको थियो । बझाङ र गुल्मीमा पनि भेलपहिरोले क्षति गरेको प्राधिकरणले जनाएको छ । बझाङ र गुल्मी एक/एक जना बेपत्ता रहेको प्राधिकरणले जनाएको छ । त्यस्तै सिन्धुपाल्चोकमा २०, म्याग्दीमा ४, जाजरकोटमा ५ जना बेपत्ता रहेका प्राधिकरणले जनाएको छ । 

बझाङको कालंगा र बर्दियाको बबई नदीमा दुई/दुई गरी ४ जना बेपत्ता भएका छन् । तराईका विभिन्न जिल्लामा डुबान र कटानको समस्या रहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताउनुभयो । बेपत्ताहरूको खोजी र प्रभावितलाई राहत तथा पुनस्र्थापनको काम भैरहेको गृह मन्त्रालयले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया