देशभर वर्षा, कोशी र कन्काइमा पानीको सतह खतराको तहसम्म

 असार २८, २०७७ आइतबार ७:३१:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

देशभर सामान्यदेखि मध्यम वर्षा भैरहेको छ । प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका थोरै ठाउँमा र  गण्डकी प्रदेशको एक/दुई ठाउँमा भारी वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

लगातार पानी परेपछि ईलाम, झापा, मोरङ, गोरखा, धादिङ, कास्की, स्याङजा, बागलुङ सिन्धुपाल्चोक र आसपासका साना खोलामा पानीको बहाव उच्च रहेको छ । 

कोशी र कन्काइमा पानीको सतह खतराको तहमा पुगेको छ भने कर्णालीमा पनि खतराको तह पार गर्ने अवस्था रहेकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । 

आज दिउँसो र राति पनि प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका थोरै ठाउँ र गण्डकी, प्रदेश ५ का एक दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया